काठमाडौं। सत्ता गठबन्धनले ५ दिनमा सरकारको न्युनतम साझा कार्यक्रम बनाउने भएको छ। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले न्युनतम कार्यक्रम बनाउने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन्।
न्युनतम साझा कार्यक्रम बनाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक तोकिएका छन्।
‘ओलीलाई संयोजकका रुपमा अघि बढाउने निर्णय भएको छ,’ लामिछानेले भने।
यस्तै, आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल भएको छ।
‘मन्त्रिपरिषद विस्तार गर्दा विषय विज्ञ भए राम्रो हुन्छ। त्यो विश्वासको मत अगाडि हुन्छ, पछाडि हुने कुरा होइन,’ लामिछानेले भने।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली, रवि लामिछाने, राजेन्द्र लिङ्देन लगायतका नेताहरु सहभागी थिए।गठबन्धनको सबै भागबन्डा ‘प्याकेज’मा हुने लामिछानेको भनाइ छ।