नयां सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा सुरु

 गठबन्धन     २०७९, १४ पुष बिहीबार ११:०१     76 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ। अहिले जारी बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता छलफलमा जुटेका छन्।

मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ। पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट ७ मन्त्रीले सपथ लिएका थिए।

प्रचण्ड सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका थिए। राप्रपाले भने हिजो बाट यदि पुस २७ गते पृथ्वी जयन्तीका दिन विदा दिए सरकारमा सहभागी हुने जनाएको छ भने जसपा र नागरिक उन्मुक्तिले भने तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।