माधव नेपाल फकाउन महेश बस्नेत कोटेश्वरमा

 #नेकपा एकीकृत समाजवादी एमाले     २०७९, १३ पुष बुधबार १३:०८     93 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेकपा एमालेका नेता महेश बस्ने नेपाल निवास कोटेश्वर पुगेका छन् ।

माओवादी केन्द्र र एमालेबीच गठबन्धन भई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि नेकपा एसलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहेको छ ।

आज बिहान मात्र प्रधानमन्त्री प्रचण्डले नेपालसँग भेट गरेका थिए । अहिले प्रचण्ड निवास खुमलटारमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल भइरहेको छ । मंगलबार राति एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल र नेपालबीच छलफल भएको थियो ।