जनकपुरधाममा रेलले किच्दा एक यात्रुको मृत्यु

 Madhesh Pradesh     २०७९, १३ पुष बुधबार ११:३९     95 जनाले पढ़िसके



Spread the love

काठमाडौं । जनकपुर-जयनगर रेलले किचेर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।

बुधबार भारतको जयनगरबाट रेल जनकपुरधाम आउने क्रममा विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा चढ्न लागेका एक यात्रुको किचिएर मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेपछि ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छ । फोटो : सांकेतिक