प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत हुनसक्ने

 प्रधानमन्त्री     २०७९, १२ पुष मंगलवार १९:४५     107 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकदल दाहाल प्रचण्डले आफ्नो पहिलो भ्रमण भारतबाटै हुन सक्ने बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबिपी न्युजसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने– ‘जहाँबाट पहिलो निम्ता आउँछ, त्यहीँको भ्रमण हुन्छ । हिजो मात्रै भारतीय विदेश सचिवसँग कुराकानी भएको छ । मलाई लाग्छ मेरो पहिलोविदेश भ्रमण भारतबाटै हुनेछ ।’साथै उनले आफू भारतको खिलाफ नरहेको र भारत संग साझेदारी गर्दै अघि बढ्ने बताए।

उनले अब नेपाल–भारत सम्बन्ध थप मजबुत हुने समेत बताए ।फोटो : एबिपी टि.भि.