रवि लामिछानेको निर्देशन कार्यान्वयन,४८ घन्टाभित्रै निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

 संवाददाता    २०७९, १२ पुष मंगलवार १६:०५     74 जनाले पढ़िसके



Spread the love

काठमाडौं– रवि लामिछानेले गृहमन्त्रीको कार्यभार सम्हालेको भोलिपल्टै तालुकवाला गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी एवं सहयोगी राखेको भए फिर्ता गर्न ४८ घन्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को व्यवस्था भन्दा विपरीत सेवा–सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घन्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी बहालवाला तथा पूर्व कर्मचारी/सुरक्षाकर्मीले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने बताएका छन्।