अर्थमन्त्री पौडेलको पहिलो निर्णय– सम्पूर्ण सेवा अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने

 एमाले     २०७९, ११ पुष सोमबार १९:४५     79 जनाले पढ़िसके



Spread the love

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको अवस्था सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर कार्यभार सम्हालेपछि पौडेलले मुलुकको अर्थतन्त्र सुधार्ने प्रतिबद्धता जनाएका हुन् ।

त्यसक्रममा उनले सबै विभागका सेवा डिजिटलाइज्ड गर्ने निर्णय गरे ।

अर्थ मन्त्रालय अन्तर्गतका सबै सेवा अनलाइनबाट गर्न सकिने व्यवस्था मिलाउने विषयलाई उनले आफ्नो पहिलो निर्णयका रूपमा उल्लेख गरी हस्ताक्षर गरेका छन् ।पौडेललाई अर्थमन्त्रालयमा कर्मचारीहरूले भव्य स्वागत गरेका थिए । अर्थमन्त्रीका रूपमा यो उनको तेस्रो कार्यकाल हो ।