नयाँ सरकार गठनको दाबी गर्न प्रचण्ड र ओली शीतल निवासमा

 एमाले     २०७९, १० पुष आईतवार १७:२२     100 जनाले पढ़िसके



Spread the love

काठमाडौं। संसदको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रस्ताव पेश गर्न प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली शीतलनिवास पुगेका छन्। नयाँ गठबन्धन बसेपछि दलका शीर्ष नेताहरू संविधानको धारा ७६ को २ बमोजिम गठबन्धन सरकार गठनको दाबी गर्न राष्ट्रपति निवास शीतल निवास पुगेका हुन्।

नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्ने अवस्था नदेखिएपछि प्रचण्ड दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँगको बैठक छाडेर ओलीसँग गठबन्धन गर्न पुगेका थिए।एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आइतबार बसेको नयाँ गठबन्धनको बैठकले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ । उक्त सहमतिअनुसार पहिलो साढे २ वर्षका लागि दाहाललाई प्रधानमन्त्री बनाउने र बाँकी अवधि एमालेको नेतृत्वमा सरकार गठन गर्ने भनिएको छ।