नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको बताएका छन।
गठबन्धनमा सहमति हुन नसकेपछि प्रचण्ड गठबन्धनको बैठक छोडेर निस्किएको पौडेलले जानकारी दिए । उनले भने, ‘प्रचण्ड गठबन्धन टुट्यो भन्दै निस्किनुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकी रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो ।’
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्ने अडान लिएपछि प्रचण्ड रिसाएर अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन ।