गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा लाग्दैन : ईश्वर पोखरेल

 एमाले     २०७९, ९ पुष शनिबार ११:४६     75 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेकाे गठवन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने बताएका छन्।

शनिबार प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठवन्धन लोकतन्त्र र मुलुकको हितमा नरहेकाले एमाले सरकार बनाउने खेलमा नरहेको प्रष्ट पारे।

पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका उनले गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने बताए। एमाले सरकारको खेलमा लाग्न गठबन्धनबाट कांग्रेस र माओवादी मध्ये एक पार्टी आउन आवश्यक छ।