कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत

 कर्णाली प्रदेश     २०७९, ८ पुष शुक्रबार १८:१२     136 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको संसदीय दलको नेतामा जीवनबहादुर शाहीलाई चयन गरेको छ ।

शुक्रबार दलका सांसदहरुले मुख्यमन्त्रीसमेत रहेका शाहीलाई सर्वसम्मत दल नेता चयन गरेका हुन् ।

 

यसअघि जाजरकोटका राजीवविक्रम शाहले आफू पनि संसदीय दलको नेताको दावेदार रहेको बताएका थिए ।

शुक्रबार उनले पनि जीवनलाई नै समर्थन गरेपछि शाही सर्वसम्मत चयन भएका छन् ।

कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले शनिबार दल नेता चयन गर्न शुक्रबार अपरान्ह ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न समय दिएको थियो ।

 

कर्णाली प्रदेशसभामा कांग्रेसका १४ सांसद छन् ।