एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

 संवाददाता    २०७९, ५ पुष मंगलवार १८:१७     126 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन भएका हुन् ।

 

उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत भएका हुन् ।

 

नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्।