पार्टी सभापति देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

 काँग्रेस     २०७९, ५ पुष मंगलवार १६:३१     72 जनाले पढ़िसके



Spread the love

काठमाडौं– कांग्रेस संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराएका महामन्त्री गगन थापाले प्रतिस्पर्धी प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। मंगलबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै थापाले कांग्रेसको भविष्यलाई हेरेर आफूलाई सघाउन सभापति देउवासहित वरिष्ठ नेता र सांसदलाई अपिल गरेका हुन्।

थापाले प्रस्तावक शेखर कोइराला तथा समर्थक विश्वप्रकाश शर्मालाई छेउमै राखेर पत्रकारसँग सवालजवाफ गरेका थिए। उनले कांग्रेस संसदीय दलको चुनावले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको परिचय दिएको बताए।

थापाले भने, ‘यो क्षणमा म विश्वास, अपेक्षा र अनुरोध गर्छु। देउवा, जसले भर्खरै उम्मेदवारी दर्ता गर्नुभयो। मेरो आग्रह छ, दुई घन्टापछि शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुभयो भने कांग्रेसका लागि ऐतिहासिक हुन्छ। त्यसले पार्टीमा उत्साह सञ्चार गर्छ।’ थापाले रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका नेताहरुलार्ई पनि भविष्यप्रति चिन्ता गरेर आफूलाई सघाउन आग्रह गरे।