मधेस प्रदेशको मुख्यमन्त्रीमा सीके राउतको दाबी

 मधेश प्रदेश     २०७९, ४ पुष सोमबार १५:१०     100 जनाले पढ़िसके



Spread the love

जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ ।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राउतले मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए । सो पार्टीले मधेस प्रदेशमा १३ सिट जितेको छ । राउतले संघीय सरकारमा जान पनि आफ्नो पार्टी सकरात्मक रहेको बताए ।