निर्वाचन आयाेगले आज समानुपातिक सांसद्लाई प्रमाणपत्र दिने

 निर्वाचन आयोग प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, ३ पुष आईतवार १०:०६     80 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ – निर्वाचन आयाेगले आइतबार समानुपातिक सांसद्हरूलाई प्रम‍ाणपत्र दिने भएकाे छ।

आयाेगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट चयन भएका समानुपातिक सांसद्लाई प्रमाणपत्र दिन लागेकाे हाे।

आज दिउँसाे १ बजे लाैनचाैरस्थित निर्वाचन आयाेगकाे कार्यालयबाटै प्रमाणपत्र दिन लागिएकाे बताइएकाे छ।

समानुपातिकतर्फ नेकपा एमालेबाट ३४, नेपाली कांग्रेसबाट ३२, नेकपा माओवादी केन्द्रबाट १४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १३, राप्रपाबाट ७, जसपा ५ र जनमतकाे ५ गरी कुल ११० समानुपातिक सांसद्ले आज प्रमाणपत्र पाउँदैछन्।