सुकुम्वासी समस्या समाधान गर्न सबैकाे सहयाेग आवश्यक : मन्त्री चाैधरी

 संवाददाता    २०७९, २९ मंसिर बिहीबार १५:२०     104 जनाले पढ़िसके



Spread the love

काठमाण्डाै – सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाण्डाै उपत्यकाभित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन। काठमाण्डाै सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्वासी बस्तीको व्यवस्थापन कार्य चूनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चाैधरीले त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमत‍ि आवश्यक रहेकाे बताए ।

२८ औँ महानगर दिवसको अवसरमा आज बिहीवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाण्डाैलाई व्यवस्थित, सफा र सुन्दर सहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न याेजनाबद्ध कार्यहरू सञ्चालन गर्न ढिलाइ गर्न नहुने बताए । महानगरपालिकालाई बसाेबासयोग्य, प्रदूषणरहित वातावरणमैत्री बनाइ महानगरवासीकाे आधारभूत आवश्यकता परिपूर्ति गर्न महानगरपालिकाले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहरमैलालगायतका समस्या समाधान गरि अघि बढ्न काठमाण्डाै महानगरपालिका सफल हुने विश्वाससमेत व्यक्त गरे।