प्रतिनिधि सभाको समानुपातिक निर्वाचित सांसदको सुचि निर्वाचन आयोगद्वारा सार्वजनिक

 निर्वाचन आयोग     २०७९, २८ मंसिर बुधबार १८:१७     62 जनाले पढ़िसके



Spread the love

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फबाट निर्वाचितहरुको सूची जारी गरेको छ। निर्वाचितहरुलाई पुस ३ गते प्रमाणपत्र दिने भएको छ।

समानुपातिक तर्फबाट निर्वाचित ११० जनालाई पुस ३ गते प्रमाणपत्र दिने जानकारी आज बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो।

११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले थ्रेस होल्ड कटाउँदै ५ सिट पाएको छ।

आयोगले अन्तिम मतपरिणामको प्रतिवेदन भने भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ।

समानुपातिकमा को को भए निर्वाचित?