धनुषा- ४ मा पुन: मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादव सर्वोच्चमा

 काँग्रेस     २०७९, २८ मंसिर बुधबार १६:३६     106 जनाले पढ़िसके



Spread the love

काठमाडौं । धनुषा-४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए ।

तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत गन्न माग गरेका हुन् ।

रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा , जिल्ला निर्वाचन कार्यालय धनुषा , प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।यो रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको छ ।