एकनाथ ढकाल एमालेबाट सांसद बन्नु नैतिकताको कुरा : निर्वाचन आयोग

 निर्वाचन आयोग     २०७९, २८ मंसिर बुधबार १५:०७     114 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्नुलाई नैतिकताको विषय भएको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया कानुनले यसलाई निषेध नगरेका कारण नैतिकताको विषय मात्रै रहन पुगेको बताउँछन् ।

‘एउटा दलको अध्यक्ष अर्को दलको निर्वाचन चिह्न लिएर चुनाव लड्न र समानुपातिक तर्फबाट निर्वाचित हुन पाउँछ कि पाउँदैन भन्ने विषयमा कानुनमा प्रष्ट छैन’ थपलियाले भने, ‘यो नैतिकतासँग जोडिएको विषय हो ।’ तथापि, यो विषय आगामी दिनका लागि छलफलको विषय बनेको उनले बताए ।

नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद बनेका एकनाथ ढकाल नेपाल परिवार दलका अध्यक्ष छन् । नेकपा एमाले तर्फबाटै चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा भने पराजित भए ।