बेथानचोक बस दुर्घटना : १३ जना मृतक पहिचान

 संवाददाता    २०७९, २८ मंसिर बुधबार ०९:०५     92 जनाले पढ़िसके



Spread the love

काभ्रे — काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका १७ जना मध्ये १३ जनाको सनाखत भएको छ भने ४ जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सवारी चालक ललितपुर महांकाल घर भई पनौती–४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिना, बनेपा–१४ घर भएका ३९ वर्षीय राजकुमार तामाङ, बनेपा–११ घर भएकी ७९ वर्षीया निर्मला तामाङ, बनेपा–८ का ११ योगेश तामाङ, बनेपा–११ का ५० वर्षीय अकुर तामाङ, बनेपा–११ कै ४३ वर्षीया हेमा तामाङ, २५ वर्षीया कोपिला तामाङ, ६ वर्षीया श्रेयना तामाङ, मण्डनदेउपुर–१ की ३७ वर्षीया जेली तामाङ र धुलिखेल–११ का ३० वर्षीय बुद्ध तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

त्यस्तै घाइतेहरुको धुलिखेल अस्पताल, बनेपास्थित शिर मेमोरियल र काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २२ जना घाइतेमध्ये १ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

पनौती कुशादेवीका ३८ वर्षीय कालु तामाङ, बनेपा–११ का २२ वर्षीय राजकुकमार तामाङ, बेथानचोककी ३३ वर्षीया निरु माया तामाङ, बनेपाका ३९ वर्षीय पेमा तामाङ, बनेपाकै २० वर्षीय सन्त बहादुर तामाङ, ३२ वर्षीय राजन तामाङ, २२ वर्षीय रेशम तामाङ, १९ वर्षीय विशाल तामाङ, ३७ वर्षीय रवि तामाङ, ३२ वर्षीय विकास तामाङ, २० वर्षीय रुपक तामाङ, १९ वर्षीय निर्मल तामाङ, ४१ वर्षीय कविता तामाङ, पनौती–४ घर भएका सह–चालक २८ वर्षीय सन्तोष चौलागाई, बनेपा–११ घर भएका २९ वर्षीय देवराज तामाङ, बनेपा–११ कै ६ वर्षीया श्रोता तामाङ, बेथानचोक–५ का ३३ वर्षीय विजय वाइबाको जिल्ला स्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै बनेपाका २७ वर्षीय हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पताल, मकवानपुर कुलेखानीकी २६ वर्षीया डोल्मा तामाङको काठमाडौंस्थित वर अस्पतालको ट्रमा सेन्टर, अन्दाजी ३ वर्षीय बालकको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल, बेथानचोक–५ का १३ वर्षीय योगेश तामाङको बालमैत्री अस्पताल, बनेपा–११ का ५ वर्षीय रेन्जेन तामाङको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा करिब ६ः१५ बजे बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको थियो । बेथानचोक गाउँ पालिकाको वडा नं. ५ च्याल्टी भन्ने ठाउँबाट छेवार मनाएर फर्कर्ने क्रममा ओरालोमा अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । बनेपा–११, सल्लेबाट बेथानचोक ५ च्याल्टीमा आफन्तको छेवारमा गएर फर्किने क्रममा बस दुर्घटना भएको हो ।

पल्टिएर बसले थिचेर धेरैले ज्यान गुमाएको स्थानीयको भनाइ छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा पुगी घाइतेहरुको उद्धार गरिएको थियो । आजको कान्तिपुरमा समाचार प्रकाशित छ।