नेकपा एमालेले समानुपातिक सांसदको नाम सच्याएको छ ।निर्वाचन आयोगले प्रदेश १ प्रदेश सभाका लागि समानुपातिक सांसद छनोटको विषय सच्याउन पत्र पठाएको थियो ।
अल्पसंख्यक कोटाबाट सूचीअनुसार सिफारिस नगरेपछि निर्वाचन आयोगले सच्याएर नाम पठाउन आग्रह गरेको थियो । अल्पसंख्यक कोटाबाट ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जनजाति महिलाबाट उदयपुरकी सिर्जना दनुवार र संखुवासभाकी लहरुमाया जिमी (याख्खा) लाई पठाइएको थियो । यद्यपि जनजाति महिलाको अल्पसंख्यक कोटामा लहरुमाया जिमीको नाम समानुपातिक बन्दसूचीको क्रम मिचेर पठाएपछि आयोगले प्रश्न गरेको हो । जिमीको नाम ९ नम्बरमा थियो भने कायस्थको ८ नम्बरमा थियो ।
सूचीअनुसार अल्पसंख्यक कोटामा धिमाल र दनुवारपछि एमालेले सुनसरीकी यशोदा कायस्थलाई पठाउनुपर्ने थियो तर उनीभन्दा पछिल्लो क्रममा रहेकी जिमीको नाम एमालेले पठाएको हो । जिमी संखुवासभाकी हुन् ।
आयोगलाई पत्र पठाउँदै अल्पसंख्यकको प्राथमिकता क्रम ८ की यशोदाको नाम राखिदिन आग्रह गरेको थियो ।
