जाजरकोट — जाजरकोटमा सोमबार भएको जिप दुघर्टनामा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ ।
जाजरकोट छेडागाड-५ का जैवान अधिकारीको मंगलबार बिहान प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ।
योसँगै दुघर्टनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिपमा १२ जना सवार थिए । घटनास्थलमा नौ जना र उपचारका लागि सुर्खेत लैजाने क्रममा दुई जनाको सोमबार नै मृत्यु भएको थियो।