कुलेश्वरमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

 #दुर्घटना     २०७९, २७ मंसिर मंगलवार १०:१०     73 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा हाइस माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

दुर्घटनामा मोटरसाइकल चालक काठमाडौंकै नागार्जुन नगरपालिका–४ का २२ वर्षीय रविन लामा र त्यसमा पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते भएका थिए । उनीहरू दुवैलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो । उपचारका क्रममा लामाको मृत्यु भएको जनाइएको छ ।

हिजो साँझ करिब पौने ६ बजे बा२ख ३२२३ नम्बरको हाइस र बा९१प ७४८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । हाइस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।