काठमाडौँ । सरकारले मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेपछि यसको विरोध पनि शुरु भएको छ।
सरकारले रेशम चौधरीसहित राजनीतिक दलका कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेपाली कांग्रेसबाटै विरोध शुरु भएको हो ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यसले कानुनी र राजनीतिक मात्र होइन नैतिक प्रश्न पनि उठाएको टिप्पणी गरेका छन् ।
शर्माले भनेका छन्-
सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति… ! संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ ! फोटो – फाईल