काठमाडौं । रेशम चौधरी लगायत राजनीतिक बन्दीलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । नयाँ अध्यदेशबाट जारी हुने नयाँ निर्णयबाट राजनीतिक मुद्दा लागेर आजिवन काराबासको जीवन विताइहेका रेशम चौधरी सहित विप्लव समूहका जेलजीवन बिताइरहेका नेता कार्यकर्तालाई फाइदा पुग्ने भएको छ ।