काठमाडौैं । नेकपा (एमाले) सचिवालयको १४ औं बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यतर्फ समानुपातिकको सूची टुंगो लगाउँदै निर्वाचन आयोगमा बुझाएको छ ।
शनिबार बसेको बैठकले सूची तयार पारेको हो ।
बैठकलाई सम्बोधन अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न निर्वाचन परिणामबाट मुलुक अस्थिरतातर्पm जाने अवस्था देखिएको बताउँदै क्षयीकरण भइरहेको सामाजिक मूल्य मान्यता र आर्थिक सङ्कटतर्फ धकेलिएको मुलुकलाई सही बाटोमा ल्याउन पार्र्टीले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
बैठकले पार्टीविरुद्धमा लागेको भन्दै केही सदस्यहरूलाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह, केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी), केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी साह (कैलाली) रहेका छन् ।
समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकी जैनव खातुन पनि पार्टीविरोधी गतिविधिमा लागेकाले उनको नाम पनि सूचीबाट हटाइएको छ ।
नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा ३४ जना र सात प्रदेशसभामा ७० जना प्रदेशसभा सदस्य गरी १०४ जना निर्वाचित हुनुहुनेछ ।
प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतीमा–१४ जना, गण्डकीमा–१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा–७ जना निर्वाचित भएका छन् ।
यी हुन् समानुपातिक सांसदको नामावली खोल्नुहोस लिंक Press Statement Mangshir 241670726226