आजदेखि मेलम्चीको पानी काठमाडौँमा

 संवाददाता    २०७९, २३ मंसिर शुक्रबार ०८:०६     80 जनाले पढ़िसके



Spread the love

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आज (शुक्रबार)देखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ। ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको केयूकेएलले जनाएको छ ।

आज चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु हुनेछ र बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ।

अहिले ट्यांकीमा पानी आइरहेको र आजैबाट धारामा पानी पठाउन थालिने केयूकेएलले जनाएको छ । अबको २–४ दिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने केयूकेएलले जनाएको छ ।

केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ। मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्छ।

केही समय पानी पठाएपछि सुरुङ परीक्षणका लागि ०७८ असार १ गते सुरुङ बन्द गरिएको थियो । सोही दिन आएको बाढीपहिरोले आयोजनाको हेडवर्क्स, बाँध र सुरुङमा क्षति पुर्‍याएको थियो ।