पार्टी कार्यालय घेराउ पछि आयो रवि लामिछानेको प्रतिक्रिया

 संवाददाता    २०७९, २३ मंसिर शुक्रबार ०५:४७     96 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको खबरदारी स्वाभाविक भएको बताएका छन् । भरतपुरमा पत्रकारसँग कुरा गर्दै उनले पार्टीमा विधि र पद्धतिभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने बताए । बढी मत आएकालाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसद बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाले रास्वपा कार्यालय घेराउ गर्दै आज विरोध प्रर्दशन गरेका थिए । सभापति लामिछानेले नेता कार्यकर्ताको विरोध नभएर नेतृत्वलाई सचेत बनाउन खबरदारी गरेको उल्लेख गरे ।

“हाम्रो पार्टीमा पनि पुरानै राजनीतिक अभ्यास हुन्छ कि भनेर साथीहरूले सचेत गराउनुभएको हो”, उनले भने, “ताली बजाउने र गुनगान मात्र गाउने होइन खबरदारी गर्नुपर्छ ।”

प्रणालीभन्दा माथि कुनै व्यक्ति नहुने भन्दै उनले समानुपातिक सांसद छनोट पारदर्शी रूपमा हुने बताए । सरकारबारे नसोचेको भन्दै उनले एजेण्डा ठूलो कुरा भएको र सरकार प्राथमिकतामा नराखेको धारणा राखे ।