नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो । ४ मंसिरको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक कांग्रेसको बैठक बस्न लागेको उनको भनाइ छ ।
बैठकमा चुनावी समीक्षा हुने बताइएको छ ।