अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारबाही गर्नू : कांग्रेस केन्द्रिय अनुशासन समिति

 काँग्रेस     २०७९, १८ मंसिर आईतवार १६:३२     93 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार वा गठबन्धनका उम्मेदवारविरूद्ध अन्तर्घात गर्नेमाथि कारबाही गर्ने भएको छ।

केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति निकालेर अन्तर्घात गर्नेमाथि पुस १५ भित्र कारबाही गरी त्यसको जानकारी केन्द्रमा पठाउन भनेको हो।

जिल्ला वा प्रदेश अनुशासन समितिले अन्तर्घात गर्नेहरूमाथि कारबाही गर्न सक्नेछन्।

त्यस्ता समिति गठन नभएका भए गठन गर्नसमेत केन्द्रीय अनुशासन समितिले निर्देशन दिएको छ।