शेखर–गगन संवाद सुरु : निकटस्थमार्फत भेटघाट तिव्र पार्दै देउवा

 काँग्रेस     २०७९, १८ मंसिर आईतवार १०:५१     95 जनाले पढ़िसके



Spread the love

 

प्रधानमन्त्री बन्न कांग्रेसभित्र कसरत

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका प्रधानमन्त्रीका आकांक्षीहरूले पार्टीभित्र बहुमतका लागि सक्रियता बढाएका छन् । प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा चुनिनुपर्ने पहिलो अनिवार्य परीक्षाका लागि उनीहरूले अर्थपूर्ण भेटघाट र संवाद सुरु गरेका हुन् ।

निर्वाचन प्रचारकै क्रममा भावी प्रधानमन्त्रीको एजेन्डा अघि सारेका महामन्त्री गगन थापा र अर्का दाबेदार नेता शेखर कोइरालाले छलफल थालेका छन् । सभापति शेरबहादुर देउवाले पनि आफ्ना विश्वासपात्रहरू प्रवक्ता डा. प्रकाशशरण महत, उपसभापति पूर्णबहादुर खड्कालगायतलाई इतर समूह र गठबन्धन दलका नेतासँग छलफलमा खटाएका छन् ।

संस्थापनइतर समूहका महामन्त्री थापा र नेता कोइरालाबीच निर्वाचनपछि पहिलोपटक शुक्रबार साँझ भेट भएको हो । स्रोतका अनुसार दुई नेताबीच कोइरालानिवास महाराजगन्जमा करिब एक घन्टा ‘वान अन वान’ वार्ता भएको थियो । भेटमा दुई नेताबीच थप छलफल गरेर मिलेर जाने सहमति बनेको छ । ‘उहाँहरूबीच एक घन्टा वान अन वान वार्ता भयो । अब औपचारिक रूपमा छलफल सुरु भएको छ । दुवैबीच थप छलफल गरेर मिलेर जाने भन्ने भएको छ । छलफलबाट टुंगो लाग्छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

निर्वाचनका क्रममा विराटनगरमा रहेका कोइरालाले काठमाडौं फर्किएपछि थप छलफल गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएका थिए । बिहीबार काठमाडौं फर्किएपछि शुक्रबार उनले भेटवार्ता थालेका हुन् ।

कोइरालाले बुधबार विराटनगरमा पत्रकार भेटघाटका क्रममा संसदीय दलको नेता बन्ने विषयमा सभापति, वरिष्ठ नेतालगायत नेताहरूसँग छलफल गरेर निर्णयमा पुग्ने दोहोर्‍याएका थिए । ‘प्रधानमन्त्री हुने चाहना भएर मात्र हुने होइन । यो सिस्टममा नम्बरको पनि गेम हुन्छ भन्ने बुझ्न आवश्यक छ,’ पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘नम्बर गेममा जो अघि हुन्छ ऊ नै संसदीय दलको नेता चुनिन्छ । त्यसपछि मात्र प्रधानमन्त्री बन्ने विषयले प्रवेश पाउँछ ।’

कोइरालानिकट स्रोतका अनुसार इतरबाट दाबी रहने अवस्थामा आफैँ अगाडि बढ्ने गरी उनले तयारी थालेका छन् । ‘१४औँ महाधिवेशनको म्यान्डेटअनुसार पनि सभापतिपछि उहाँ वैकल्पिक नेताका रूपमा हुनुहुन्छ । उहाँ तल झर्ने मनस्थितिमा हुनुहुन्न,’ स्रोतले भन्यो । महामन्त्री थापा पनि कोइरालासँग सहमति नजुटेको अवस्थामा पनि ‘ब्याक’ नहुने गरी तयारीमा छन् ।

त्यस्तै, प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाका विश्वासपात्र प्रवक्ता डा. प्रकाशशरण महतले पनि शेखर कोइरालालाई भेटेका छन् । विशालनगरस्थित कोइरालाको सचिवालयमा पुगेर महतले देउवालाई समर्थनको सन्देशसहित बधाई दिएका छन् । महतले कोइरालालाई निर्वाचित भएकोमा शुभकामना दिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् । महतले विरलै भेट्ने सूचीमा रहेका कोइरालासँगको भेटलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । देउवालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा समर्थनका लागि देउवाको कूटनीतिक भेट रहेको धेरैको विश्लेषण छ ।

खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन जागा, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि ।

इतर समूहका प्रत्यक्ष निर्वाचित, अग्रता लिएका र सम्भावित समानुपातिक सांसद : ३४
प्रत्यक्ष (२२) : डा. शेखर कोइराला, गगन थापा, अर्जुननरसिंह केसी, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, रामनाथ अधिकारी, योगेश गौचन थकाली, सञ्जयकुमार गौतम, दीपक गिरी, चन्द्र भण्डारी, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, राजेन्द्र केसी, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, सुरेन्द्रराज आचार्य, सन्तोष चालिसे, तेजुलाल चौधरी, राजु थापा, धनराज गुरुङ । बाजुरामा जारी मतगणनामा अग्रता लिएका बद्री पाण्डे विजेता भए २३ पुग्ने ।
समानुपातिक (११) : वसन्त भट्टराई, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, जीवन परियार, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापा र मैना रावल । आजको नयाँ पत्रीकामा समाचार प्रकाशित छ।