भिम रावललाई बालेनको जवाफ : राजदूत थोम्पसनलाई अमेरिकामा मन्दिर वा पार्टी पौवा बनाउन सहयोग गर्छौं भनेका छौं

 बालेन शाह     २०७९, १६ मंसिर शुक्रबार २०:५१     112 जनाले पढ़िसके



Spread the love

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अमेरिकी राजदूत डीन रिचार्ड थोम्पसनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। उनले अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर वा पार्टी पौवा बनाउनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।

एमाले नेता भीम रावलले अमेरिकी राजदूतसँगको भेटवार्ताबारे प्रश्न उठाएपछि काठमाडौं महानगरका प्रमुख साहले यस्तो बताएका हुन्।

‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ। कामपाका प्रमुख बालेन साहाले अमेरिकी राजदूतसँग भेटवार्ताबारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन? स्पष्ट गरियोस्। संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं,’ रावलले भनेका छन्।

त्यसको जवाफमा बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं। हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र, थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौं।’ फोटो : फाईल