रवि लामछानेको नागरिकता सम्बन्धी विवादमा अनुसन्धान गर्न प्रहरीलाई काठमाडौ जिल्ला प्रशासनको पत्र

 संवाददाता    २०७९, १६ मंसिर शुक्रबार १८:२५     94 जनाले पढ़िसके



Spread the love

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित प्रतिनिधिसभा सांसद रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा छानबिन गर्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं जिल्ला प्रहरी कार्यालयलाई गरेको पत्राचारमा लामिछानेले अमेरिकी पासपोर्ट त्यागेर पुरानै नेपाली नागरिकताका आधारमा नयाँ नेपाली पासपोर्ट निकालेकोको विषयमा छानबिन गर्न भनिएको छ ।

लामिछानेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि त्यस सम्बन्धमा प्रहरीलाई जिम्मा लगाइएको हो । काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले काठमाडौं जिल्ला प्रशासनबाट पत्र प्राप्त भएको बताए ।