सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन ‘सहमत’

 संवाददाता    २०७९, १५ मंसिर बिहीबार १८:३५     90 जनाले पढ़िसके



Spread the love

काठमाडौं– डा सीके राउत नेतृत्वको पाटी नेपाली कांग्रेस–माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा सहभागी हुन ‘सहमत’ भएको छ। कांग्रेसका नेता विमलेन्द्र निधिले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन्।राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भएको भेटमा उक्त सहमति भएको निधिले जनाएका छन्।‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, उनले लेखेका छन्, ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’