काठमाडौं। सुनसरी ४ मा नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा देखिएको छ।
भर्खरै सार्वजनिक भएको मत परिणाम अनुसार कार्कीले २५ मतको अग्रता लिएका छन्। कार्कीले २९ हजार ३१७ मत ल्याउँदा कुसियैतले २९ हजार २९२ मत प्राप्त गरेका छन्।