प्रेम आले तेस्रोपटक विजयी

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, ८ मंसिर बिहीबार ०८:५३     107 जनाले पढ़िसके



Spread the love

काठमाडौं : डोटीको प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले निर्वाचित भएका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराए। आलेले २७ हजार २१० मत प्राप्त गर्दा ओलीले २३ हजार चार मत ल्याइन्।

स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले छ हजार ६८९, राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत पाए।

पूर्वमन्त्री ५१ वर्षीय आले डोटीबाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्। आले २०७० र २०७४ मा नेकपा एमालेबाट विजयी भएका थिए।