मकवानपुर-१ मा डीनाको अग्रता कायमै, थापा र सिंहको मत कति ?

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, ७ मंसिर बुधबार १०:५२     106 जनाले पढ़िसके



Spread the love

मतगणनाको तेस्रो दिनसम्म आइपुग्दा मकवानपुरको मत परिणाममा रौनकता छाएको छ । जिल्लाको हेभीवेट नेताहरूको चुनावी टक्करले मत परिणाममा रोचकता थपिरहेको छ । २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा रहेको मकवानपुरमा प्रतिनिधि सभा क्षेत्रको १ मा लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) को सुरुवाती अवस्थादेखि नै अग्रता कायम राखेकी छन् ।

सुरुवाती अवस्थादेखि नै अग्रतामा रहेकी गठबन्धनकी उपाध्यायको पछिल्लो समय १३ हजार ६ सय ३० मत प्राप्त गरेकी छन् । त्यस्तै कमल थापाले १० हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । पहिलो स्थानमा रहेकी उपाध्याय भन्दा दोस्रोमा रहेका थापा २ हजार ९ सय ४९ मतान्तरमा छन् भने दोस्रोमा रहेका थापा भन्दा सिंह २ हजार २ सय ७८ मतान्तरमा छन् ।

हालसम्मको मतगणनालाई आधार मान्ने हो भने मकवानपुर १ मा गठबन्धनको अग्रता कायम रहेको छ । यहाँ खसेको ९१ हजार ४ सय ८६ मतमा हालसम्म ३७ हजार ८४ मतगणना भएको छ । यद्यपि मतगणना भने जारी छ ।