मुस्ताङमा काँग्रेस जित नजिक

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, ५ मंसिर सोमबार ११:३४     82 जनाले पढ़िसके



Spread the love

म्याग्दी, मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली जितकाे नजिक पुग्नुभएको छ । एक हजार ४३७ मत गणना गर्न बाँकी रहँदा काँग्रेसको ६३५ ले अग्रता कायम गरेको छ ।

मुस्ताङमा हाल सम्म पाँच हजार ८२० मत गणना गरी सक्दा नेपाली काँग्रेसको रुख चुनाव चिन्हमा ३ हजार १५६, नेकपा एमालेको सूर्य चुनाव चिन्हमा २ हजार ५२१, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा ६६, राप्रपा नेपालको तीर चुनाव चिन्हमा ६ र बदर ७१ मत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार अहिलेसम्म घमी, छैरो, नेफुक गुम्बा, ठिनी, घिलिङ, साङ्ता, ढाकमर, झोङ, स्याङ, घाँसा, छोन्हुप चिमाङ, लेते, मराङ, लोमन्थाङ, चराङ, फलेक, मार्फा, सौरु, छोसेर, जोमसोम, टुकुचे, ढि, घ्याकर, किमलिङ, यारा, चुम्जुङ, कोबाङ, झारकोटको मत गणना भएको छ । यस पटक निर्वाचनमा प्रत्यक्षतर्फ सात हजार दुई सय ५७ मत खसेको थियो ।