मतदान गरेपछि प्रचण्डले भने, गठबन्धन टुट्दैन

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, ४ मंसिर आईतवार ११:५५     85 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन पछि पनि यो गठबन्धन नटुट्ने दोहोर्‍याएका छन् । आज चितवनको निर्वाचन क्षेत्र नं. ३ मा मतदान गरेपछि अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताए । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ भन्दै उनले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताए । चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने प्रचण्डको भनाइ रहेको छ । यसअघि चितवन ३ बाटै निर्वाचित भइका उनी यसपटक भने गोरखा(२ मा उम्मेदवार छन् ।