निर्वाचनमा विद्यालय चार दिन बिदा दिने सरकारको निर्णय

 प्रदेश तथा संघ निर्वाचन २०७९     २०७९, २९ कार्तिक मंगलवार १४:४९     83 जनाले पढ़िसके



Spread the love

काठमाडौं, नेपाल सरकारले मङ्सिर ४ गते आइतबार हुने आम निर्वाचनका लागि मङ्सिर २ देखि ५ गतेसम्म चार दिन बिदा दिने निर्णय गरेको छ । विद्यालय चार दिन र सरकारी कार्यालय ४ र ५ गते दुई दिन बिदा हुने भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले आज (मङ्गलबार) जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । मङ्सिर २ गते शुक्रबार, ३ गते शनिबार, ४ गते मतदानको दिन र ५ गते सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । मङ्सिर ४ गते एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ ।