काठमाडौं । निर्वाचन आयोगले काठमाडौंस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका बारेमा जानकारी गराइएको छ । आयोगले कान्तिपथस्थित केन्द्रीय कार्यालयमा सोमवार आयोजित कार्यक्रममा उक्त जानकारी गराएको हो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तरराष्ट्रिय समुदायले पुर्याएको सहयोग र देखाएको सदाशयको प्रशंसा गरे । प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्न सहयोग पुग्ने बताए ।