डोटीमा भूकम्पले घर भत्किँदा तीनजनाको मृत्यु

 भुकम्प     २०७९, २३ कार्तिक बुधबार ०५:५३     102 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । डोटीमा भूकम्पले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

गए राति डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर २ः१२ मिनेटमा गएको ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किँदा तीन जनाको मृत्यु भएको हो ।

शव च्यापिएको अवस्थामा रहेको तथा उनीहरुको सनाखत हुन बाँकी रहेको स्थानीयले बताए ।