प्रचण्डपत्नी सीता दाहाल पुन: अस्पताल भर्ना

 संवाददाता    २०७९, २१ कार्तिक सोमबार ०८:२१     69 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्यमा जटिलता देखिएको छ । उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । लामो समयदेखि अस्वस्थ रहेकी उनको स्वास्थ्य निरन्तर कमजोर बनिरहेको जनाइएको छ ।यश अघि पनि उनी अस्वस्थ भइ केही समय अस्पताल भर्ना भएकी थिइन। फोटो : फाइल