उम्मेदवारलाई सर्लाहीको कौडेनामा प्रवेश निषेध गर्ने स्थानीयको अडान, विगतका आश्वासन पूरा नभएको भन्दै प्रदर्शन

 संवाददाता    २०७९, १७ कार्तिक बिहीबार १३:२३     95 जनाले पढ़िसके



Spread the love

सर्लाही । मंसिर ४ गते हुने निर्वाचनलाई लिएर आजदेखि दलहरुले प्रचार प्रसार गर्न पाउने भएपनि सर्लाहीको कौडेनामा भने दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा रोक लगाइएको छ ।

गाउँपालिकाका युवाहरुले संयुक्त रुपमा हुलाकी राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै गाउँपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष पचु चौधरीको नेतृत्वमा स्थानीय तथा युवाहरुको समूले नेताहरुलाई चुनावी प्रचारप्रसार गर्न आवतजावतमा रोक लगाएको हो । नेताहरुलाई आवतजावतमा रोक लगाउने कार्यको नेतृत्व गरेका वडा अध्यक्ष चौधरीले हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिवद्धता गर्ने र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको बताए ।उनले समयमै बनाउन नसकिएपनि सडकमा नियमित पानी छर्केर धूलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरिकको स्वास्थ्यमा नकरात्मक असर परिरहेको बताए । चौधरीले सडक नबन्दा तराईका हजारौं बासिन्दाले यात्रामा कठिनाई भोग्नु परीरहेको बताए । उनले प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको बताए । उनले तत्काल सडकमा पानी छर्कने काम गरे र सडक छिट्टै बनाउने प्रतिवद्धता भएमात्रै सडक खुलाउने बताए । हुलाकी राजमार्ग नबन्दा स्थानीयले वर्षौदेखि सास्ती भोग्नु परेको स्थानीय मनोज पासवानले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अवरोध सडक खुलाउने प्रयास भइरहेको छ । अहिले राजनीतिक दलका नेता, स्थानीय र ठेकादारबीच छलफल भइरहेको छ ।