काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमवार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सोमबार अभियोगपत्र दायर गरिएकोमा मंगलबारदेखि थुनछेक बहस सुरु भएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस जारी छ ।
प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो । तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन ।