नेकपा एमालेका उम्मेदवार जुली कुमारी महतोलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

 संवाददाता    २०७९, १२ कार्तिक शनिबार १९:५८     106 जनाले पढ़िसके



Spread the love

सोही दफाको खण्ड (द) मा ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था छ रहेकोमा तपाईंले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) को प्रतिकूल रहेको आयोगले ठहर गरेको छ ।

तपाईं नेकपा (एमाले) को तर्फबाट धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार भई निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी निर्वाचन प्रचारप्रसार गर्ने कार्य गर्नु भएको देखिएको हुँदा यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र आफँै वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ– तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ड) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने कार्य गर्नुभएको हो ?

आयोगले यसपूर्व नै दल तथा सम्बद्ध पक्षलाई साठी बुँदे निर्देशन दिइसकेको अवस्थामा तपाईंले पनि उक्त विषयको जानकारी हुँदा हुँदै पनि निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारवाही किन हुनु नपर्ने हो ? स्पष्टीकरणमा सोधिएको छ ।