एमालेको इज्जतका लागि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ : अध्यक्ष ओली

 संवाददाता    २०७९, ११ कार्तिक शुक्रबार १९:४९     101 जनाले पढ़िसके



Spread the love

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ मा एमालेको इज्जतका लागि भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन ।

एमाले र राप्रपाले शुक्रबार भद्रपुरमा आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले एमालेले राप्रपा अध्यक्ष लिङदेनलाई जिताउन सम्पूर्ण कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्न निर्देशन दिए।अध्यक्ष ओलीले आगामी ४ गतेको निर्वाचनपछि आफ्नो पार्टीको बहुमत आउने र राप्रपा र जसपासँग संयुक्त सरकार गठन गर्ने बताए। त्यसैगरी राप्रपाका अध्यक्ष लिङदेनले राजनीतिलाई अपराधीकरण गर्ने प्रवृत्तिलाई घुँडा टेकाउनु पर्ने बताए ।