सत्यमोहन जोशीका कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा : प्रधानमन्त्री देउवा

 संवाददाता    २०७९, ११ कार्तिक शुक्रबार १९:३८     99 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन ।

प्रधानमन्त्री देउवाले उहाँले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याउनु भएको योगदान र लेख्नु भएको कीर्ति संरक्षण र सम्वर्दन गर्दै मुलुकको विकास गर्न सके उहाँको साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे ।

स्वर्गीय जोशीको १३ औं पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए । प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रुपमा जोशी रहनु भएकाले उहाँलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए । जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै उनले सरकारले त्यसैकारण उहाँलाई शताब्दी पुरुषको रुपमा सम्मान गरेको स्मरण गरे।

प्रधानमन्त्री देउवाले जोशीको निधनबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले राख्नुभएको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यवहारिक रुपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले स्वर्गीय जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको सरकारले सदा कदर गर्ने पनि बताए ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गरेका थिए । फोटो : फाईल