आफ्नो कार्यकाल सकेर विदा हुने तरखरमा चिनियाँ राजदूत होउ यान्छी

 संवाददाता    २०७९, ८ कार्तिक मंगलवार ११:१४     99 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो कार्यकाल पूरा भएको बताएकी छन्। उनले मंगलबार एक ट्विट गर्दै आफ्नो कार्यकाल सफल रुपमा पूरा गरेको र आफू अब मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल छाडेर जान लागेको बताएकी हुन्।

राजदूत यान्छीले ट्विट गर्दै भनेकी छन्, ‘मेरो कार्यकाल पूरा गरें, म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु । ‘

उनले आफ्ना सम्पुर्ण नेपाली मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेकी छन्। नेपालमा रहँदा मित्रता गाँसिएका साथीहरूसँग सधैं कदर गर्ने उनले बताइन्।

राजदूत यान्छीले यसअघि नै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार बिदाई भेट गरेकी थिइन्।