दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।
न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ ।
राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो ।